ज्यान स्याल्टर

कलाकार तथा पशु अधिकारकर्मी


ज्यानेट ९ज्यान० सोनिया स्याल्टरको जन्म साउथ्याम्प्टन, इङ्ग्ल्याण्डमा सन् १९३६ मा भएको थियो । युवा उमेरमा, उनले अफ्रिका, अस्ट्रेलिया र पूर्वी एसियाको भ्रमण गरिन् । उनले बटुलेका धेरै रोचक र उल्लेखनीय अनुभवहरूमा, प्रख्यात इण्डोनेसियाली चित्रकार, अफान्दीसँग उनको भेट भएको थियो, जसले उनको कलामा प्रगाढ रचनात्मक प्रभाव पारेको थियो । सन् १९७० को दशकको मध्यबाट उनी नेपालमा बसोबास गर्न सुरु गरिन् । उनले नेपालका विभिन्न भूभागहरूको भ्रमण गर्ने क्रममा भेटिएका ुअसाधारण मानिसुका अनुहारको सिसाकलमले कागतमा चित्र कोर्थिन् । ज्यानका कलाकृति नेपालमा सदियौँदेखि चलिआएको परम्परागत भेषभूषा र आभूषणको समकालिक अभिलेख हो । ज्यान भन्छिन्, “मैले चित्रमा उतारेका मानिसहरूले ।  प्राकृतिक संसार सम्बन्धी उनीहरूको ज्ञान र बुझाइको हिसाबले र उनीहरूका आफ्नै सांस्कृतिक विशिष्टता र समृद्धिको हिसाबले अझ धेरै कुराहरू प्रदान गर्न सक्छन् ।” पछि, उनले तैल रङ्गमा चित्रहरूनिर्माण गर्न थालिन्, जसले उनलाई विभिन्न‘शैली सम्बन्धी प्रचुर ज्ञान र आफूलाई व्यक्त’ गर्ने अपार अवसर प्रदान गर्‍यो । ज्यानले आफ्नो जीवनभरि २५० भन्दा बढी सिसाकलमले कोरिएका रेखाचित्र र तैल चित्रहरू तयार पारिन्, जसमा अधिकांश चित्रले नेपालका विविध जनजातीय समूहको अभिलेख गर्दछन् । यीमध्ये धेरै चित्रहरू ुनेपालका अनुहारहरूू९फेसेज अफ नेपाल० पुस्तकमा प्रकाशित भएका छन्, जुन पुस्तक उनले जनसंख्याविद स्व। डा। हर्क गुरुङसँग सहलेखन गरेकी थिइन् ।   
 

ज्यानमा आफू नजिकका मानिसहरू प्रति अपार स्नेह र दया थियोस उनले नेपाली जीवनको अर्को अत्यन्त कहाली लाग्दो पक्षको चित्रण गर्दा अपूर्व संयम र सहानुभूति प्रदर्शन गरिन् । विदेशमा बेचिएका ५० भन्दा बढी नेपाली युवतीहरू, जसलाई माइती नेपालले उद्धार गरेको थियो, तिनलाई उनले अति भावपूर्ण शैलीमा चित्रण गरी ती पेन्टिङहरू ुअल आवर डटर्सु ९सबै हाम्रा छोरीहरू०  शृङ्खलामा सङ्ग्रहित गरेकी छिन् । यस शृङ्खलाका ४५ थान कृतिहरू माइती नेपालसँग रहेका छन् ।


अझ पछिल्ला वर्षहरूमा, ज्यानले आफ्नो अलग शौक, आवारा कुकुरहरू प्रति मानवीय व्यवहार सम्बन्धी कार्यमा लागिन् । सन् २००४ मा उनले काठमाडौँ पशु आश्रम ९काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर० को स्थापना गरिन् जसले शहरमा उल्लेखनीय परिवर्तन ल्याउन सफल बनेको छ । भुस्याहा कुकुरको जनसंख्या नियन्त्रण गर्न, भुस्याहा कुकुरको जनसंख्या नियन्त्रण गर्ने विधिको रूपमा नगरले विष खुवाइदिने कार्यशैलीलाई निर्मूल पार्न, कुकुर र मानिसहरूमा रेबिजको संख्या न्यूनीकरण गर्न, र भुस्याहा कुकुरहरू प्रति जनमानसमा रहेको नकारात्मक मनोवृत्ति र उनीहरूप्रति गरिने क्रूर व्यवहारमा परिवर्तन ल्याउन उनले अहम भूमिका निर्वाह गरेकी छिन् ।


ज्यान स्याल्टरले नेपालका मानिसहरूको कलात्मक चित्रण गरे वापत सन् १९९७ मा स्वर्गीय राजा विरेन्द्र वीर विक्रम शाह देवबाट “गोरखा दक्षिण बाहु” पदक प्राप्त गरेकी थिइन् । सन् २०१० मा उनले पशु हितको लागि उनको अग्रणी भूमिका निर्वाह गरे वापत ह्युमेन सोसायटी इन्टरनेसनलबाट प्रसिद्ध “असाधारण प्रतिबद्धता र उपलब्धि पुरस्कार” प्राप्त गरेकी थिइन् । नेपालमा पशु हितको लागि गरेको सेवा वापत उनी नया वर्षको सम्मान सूची २०१३ मा सूचीकृत भएकी थिइन् र बेलायतकी महारानी एलिजाबेथ द्वितीयबाट ःद्यभ् सम्मान प्राप्त गरिन् ।


ज्यानका आफ्नै शब्दहरूले उनका कलाकृतिको सबैभन्दा उपयुक्त सार प्रस्तुत गर्छन्स्  
“यदि मेरा कृति नेपाली ‘अनुहारहरू’ले प्रतिनिधित्व गर्ने समृद्ध र विविध संस्कृतिका लागि बृहत्तर मान्यता र सम्मान प्रदान गर्नमा कुनै प्रकारले योगदान गर्न सक्यो भने म गर्व गर्नेछु । मैले नेपाल र यहाँका मानिसहरूबाट जति माया र सहयोग प्राप्त गरेँ, त्यसको तुलनामा यो एउटा तुच्छ उपहार मात्र हो ।”
ज्यान स्याल्टरले शनिबार २९ अप्रिल २०१८ का दिन इङ्ग्ल्याण्डको लाइम रेगिसमा अवस्थित आफ्नो घरमा सुतिरहेको अवस्थामा शान्तिपूर्वक यस संसार छोडिन् ।

Photo: Narendra Shrestha

© 2017 - Jan Salter